२३ भाद्र २०७८, बुधबार

एजेन्सी । विश्वकप छनोट खेलमा फ्रान्सले फिनल्यान्डमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सलाई सहज जित दिलाउनको लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरे । उनले खेलको ३५ औं मिनेट र ५३ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि समूह ‘डी’ मा अपराजित फ्रान्स ६ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । फिनल्यान्ड ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV