२३ भाद्र २०७८, बुधबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विषयलाई लिएर देशभित्र छेडिएको बहस जारी छ ।

सडकमा नाराबाजी दिन दिनै लाग्न थालेका छन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल उत्रदै गर्दा विरोधको आवाज झनै चर्को बनेको छ ।

एमसीसीको विषयलाई लिएर राजनीतिक दलहरुको एकमत छैन भने जनतालाई यस विषयमा कुहिरोको काग नै बनाइएको छ ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुको मत नै विभाजित छ । एमसीसी सम्झौताको पक्षधर नेपाली काँग्रेस भित्रै पनि यस विषयमा एक मत नहुँदा सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र पनि पक्षमा नै उभिएको छैन् । अर्को सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाले आज मंगलबार देशभर विरोध कार्यक्रम नै गरेको छ ।

मंगलबार बसेको काँग्रेस संसदीय दलको वैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बारेमा बुझेकालाई मात्र बोल्न र नबुझेकालाई नबोल्न चेतावनीसहितको आदेश नै दिए ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको कुटनीतिक नोटको बारेमा जवाफ नआएको भन्दै एमसीसी पास नहुने ठोकुवा नै गरेका छन् ।

एमसीसी सम्बन्धी सम्झौता संघीय संसदमा विचाराधीन छ । २०७४ साल भदौ २९ गते तत्काली सरकारले एमसीसी सम्झौतामा अमेरिकाको वाशिंगटनमा हस्ताक्षर गरेको थियो । यस बिचमा सम्झौँता कार्यान्वयनको काम अघि नबढ्दै यो परियोजना नाममा नेपालमा २० करोड ८३ लाख खर्च पनि भइसकेको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले यस बिषयको पारो झै ताँतिएको छ । सम्झौता अघि बढ्द या बढ्दैन भन्ने विषयमा अन्यौल कायम हुँदा सम्झौताका पक्षधर काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नजिक हुने सम्भावना भने बढेको छ ।

सरकारको वर्तमान गठबन्धनमा नै खलबल पार्न सक्ने अवस्था देखिएको एमसीसीको बारेमा वर्तमान सरकार अब भने मुख खोल्नु पर्ने अवस्थामा पुगेको छ ।

(भिडियो)

LIVE TV