२३ भाद्र २०७८, बुधबार

एजेन्सी । विश्वकप छनोटमा नेदरल्यान्डसले टर्कीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्डसले टर्कीलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्डसलाई सानदार जित दिलाउनको लागि फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिकसहित एक असिस्ट गरे । नेदरल्याडसको लागि डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एक/एक गोल गरे । टर्कीको लागि सेन्गुइज अन्डरले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै डेभी क्लासेनले गोल गर्दै नेदरल्यान्डसलाई आग्रता दिलाएका थिए । उनले मेम्फिस डिपाएको पासमा गोल गरेका थिए ।

१६औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै नेदरल्यान्डसको अग्रता दोब्बर पारे । उनले डेभी क्लासेनको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा डिपाएले नै पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

५४औं मिनेटमा मेम्फिस डिपाएल ह्याट्रिक पुरा गरे । उनले स्टेभन वर्ग हइसको पासमा गोल गरेका थिए ।

८०औं मिनेटमा गुस टिलले गोल गर्दै खेललाई ५–० को अग्रता दिलाए । ९० औं मिनेटमा डोनेल मालेनले गोल गर्दै ६–० को कग्रता दिलाए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेन्गुइज अन्डरले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याए ।

यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपन गोलअन्तरमा नर्वे दोस्रो स्थानमा छ । पराजित टर्की ११ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV