२२ भाद्र २०७८, मंगलवार
  • महेश पाण्डे,

चितवन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्मार्ट लकडाउनको अवधारणामा रहेर ५ सयभन्दा कम कोरोना संक्रमित पुष्टि भए सम्बन्धित क्षेत्रमा निषेधाज्ञा सहज बनाउने निर्णय ग-यो । यही आधार बनाएर काठमडौं उपत्यकाका तीनै जिल्लाले सिनेमा हलदेखि अवस्था हेरेर विद्यालयसम्म खोल्न सकिने निर्णय ग¥यो ।

अहिले विभिन्न जिल्लाले अवस्था हेरेर निषेधाज्ञाबारे निर्णय लिने गरेका छन् । काठमाडौंमा हल खुलेसँगै चितवनमा पनि बहस सुरु भएको छ । चितवन जिल्लामा गत २०७६ चैत ६ गतेदेखि सिनेमा हलहरु बन्द रहेका छन् ।

कोरोना महामारीका कारण चितवन जिल्लामा रहेका करिव आधा दर्जन सिनेमा हलहरु खुल्न सकेका छैनन् । चितवनमा जलमा, सिजि, ईन्द्र देव र म्याङ्गो गरेर ४ वटा डिजिटल हलहरु सञ्चालनमा रहेका छन् भने नारायणी हल सामान्य हलको रुपमा सञ्चालनमा रहेको छ ।

तर, हल बन्द हुदा व्यवसायीहरुले आफ्नो लगानी डुब्ने चिन्ता जनाउन थालेका छन् । यसतर्फ चितवन प्रशासनले खासै ध्यान नपु¥याएको उनीहरुको गुनासो रहेको छ । हुनत सरकारले सिनेमा ब्यवसायलाई कोरोनाबाट अति प्रभावित ब्यवसायको रुपमा राखेको छ ।

तर यसो भनेर हल बन्द गर्नु मात्रै विकल्प भने नभएको खैरहनी पर्सामा रहेको म्याङ्गो जन ज्योति सिनेमा हलका अध्यक्ष शिवप्रसाद उप्रेती बताउँछन् । तर, विना तयारी र कोरोना महामारीको अवस्थालाई ध्यान नदिने हो भने हल सञ्चालन गर्दा समस्या हुने कतिपय हल सञ्चालकहरुकै भनाइ छ ।

अहिले हल सञ्चालन गर्नुको बिकल्प नरहेको भएपनि सिनेमा हल नखोल्दा अहिले कम खर्चमा र बैंकको ताकेताबाट सञ्चालकहरु जोगिएका छन् । चितवन जिल्ला प्रशासनले भने कोरोना संक्रमणको अवस्थामा कम नरहेका कारण अहिले नै हल सञ्चालन गर्न नसकिने बताउँदै आएको छ ।

सीसीएमसीले दिएको मापदण्डका आधारमा मात्र निषेधाज्ञाको अवस्था निर्धारण गर्न सकिने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउँछन् । चितवनमा दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् ।

७ जना जति भेन्टिलेटरमा र ३५ जनाको हाराहारीमा आईसीयूमा उपचाररत् छन् । यस्तो अवस्थामा अहिले नै भीडभाड हुन दिन नहुने पक्षमा जिल्ला प्रशासन उभिएको छ । यता, लामो समय हल बन्द रहेका कारण प्रभावित क्षेत्र मानेर सरकारले पुर्न कर्जा, बिद्युतमा डिमाण्ड शुल्क, आयकरमा छुट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV