२२ भाद्र २०७८, मंगलवार

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको १०औं अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV