२२ भाद्र २०७८, मंगलवार

मुगु । मुगुका २८ जना जनप्रतिनिधिले एमाले विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मुगमा एमालेबाट निर्वाचित २८ जनप्रतिनिधिहरु नेकपा (एस) मा उभिएका हुन् ।

दल परिवर्तन गर्नेमा सोरुगाँउपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल (वम) लगायत वडा अध्क्षय ५ जना वडा सदस्य ६ जना , महिला सदस्य ४ जना ,महिला दलित सदस्य ४ जना ,गाँउ कार्यपालिका सदस्य २ जना र जिल्ला सवन्य समिती सदस्य १ जना गरी २२ जना रहेका छन् । उनीहरुले जिल्ला निबार्चन कार्यालयमा पुगी नेकपा (एस)मा आफ्नो सनाखत गराएका सोरु गाँउपालिकाकी उपाध्क्षय राज्यलक्ष्मी मल्ल(वम)ले जानकारी दिनुभएको छ ।

यस अघि आफु रहेको नेकपा एमालेमा पार्टीमा नीति नियम सिद्घान्त भन्दा पनि केपीको हैकमबाद एकाधिकार निर्णयले पार्टी र देशलाई धरापमा पारेकोले देश र जनता बचाउनको लागि माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीमा प्रबेश गरेको छायानाथ रारा नगरपालिका ७ का वडा अध्क्षय हरिचन्द्र शाहीले बताउनुभयो ।

मुगु जिल्लामा रहेका चार स्थानिय तहमध्य नेकपा एमाले पाटीका स्थानीय तहका १ सय २५ जना मध्ये २८ जनाले आज सनाखत गराएका हुन् ।

मुगमकामारोङ्ग गाँउपालिका, सोरुगाँउपालिकाबाट एक जना प्रतिनिधीहरुले पनि सनाखद गराएका छैनन् । त्यस्तै, मुगु जिल्लाका संघीय सांसद गोपाल बलामे र मुगु जिल्ला ‘ख’ प्रदेशका सभासद चन्द्र बहादुर शाहीले प्रदेश आयोगमा सनाखद गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख धनकृष्ण बढुाले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV