२२ भाद्र २०७८, मंगलवार

काठमाडौं । सामाजिक संजाल टिकटक मार्फत स्थापन भएको मिलिजुली टिकटक परिवारले सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढेको एक वर्ष पुरा भएको छ ।

सोहि अबसरमा मिलिजुली टिकटक परिवारले एक कार्यक्रमको आयोजना गरि काठमाडौको कमलादिमा तिज बिशेष कार्यक्रम सप्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी काठमाडौं लेडिज जेसिसका अध्यक्ष रिंकु बज्राचार्य, मिलिजुली परिवारका संरक्षक रारा सैंजु, परिवारका अध्यक्ष राजन कंडेल, सल्लाहकार अमृता भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कोभिड महामारीबाट देश गुज्रिएको अवस्थामा कुनै पनि नागरिकले रगत अभावमा ज्यान गुमाउन नपरोस् भनी २०७७ भदौ २३ गते गंगबुको स्काई पार्टी प्यालेसमा रक्तदान कार्यक्रमबाट आफ्नो पहिलो पाइला अगाडि बढाएको थियो ।

मिलिजुली टिकटक परिवार र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको सहकार्यमा एक वर्षमा ३ दर्जन भन्दा बढी सामाजिक कार्य गरेको संरक्षक रारा सैंजुले जानकारी दिनुभयो ।

परिवारदेखि टाढा हुँदै वृद्धाआश्रमामा आश्रति रहेका बुबा आमाहरूलाइ खाद्यान्न सामाग्री साथै लत्ताकपडा वितरण, तेस्तै विपन्न परिवारका बालबालिकाहरूलाइ शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनि विद्यालयसम्म पुग्ने वातावरण बनाउँदै आएको छ ।

लकडाउनको समयमा रोजगारी गुमाएर भोकै बस्नुपर्ने अवस्थामा रहेका व्याक्तिहरूलाई खाद्यान्न सामाग्री वितरण, बाटो हिड्ने बटुवाहरूलाइ खाना वितरण साथै विभिन्न दुर्घटनामा परि तथा रोग लागि अस्पतालमा उपचार अभावमा छट्पटी रहेका बिरामीहरूलाइ समेत मिलिजुली टिकटक परिवार र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले उपचारमा सहयोग गर्दै आएको छ ।

मानव सेवा नै मुल धर्म हो भन्ने मुल मन्त्र लिएर अगाडि बढेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको सहकार्यमा कामगर्दै आएको मिलिजुली टिकटक परिवारले हालसम्म झन्डै २० लाख बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ । साथै आगामी दिनमा दुरदराजमा रहेका विपन्न परिवारमा जन्मिएका र विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पुयाइ शिक्षाको उज्ज्यालो घामबाट बञ्चित हुन नदिन सहयोग गर्दै जाने लक्ष्य रहेको छ ।

पछिल्लो समय हाम्रो समाजमा सामाजिक संजाल प्रयोगकर्ताको संख्या ह्वात्तै बढे सँगै समाजिक संजालले समाजमा विकृती ल्यायो यसको दुरूपयोग भयो भन्नेहरूको जमात कम छैनन् । अझ टिकटकको कुरा गर्ने हो भने त यसले झनै विकृती ल्यायो भनेर कतिपय देशहरूले टिकटक प्रयोगमा प्रतिबन्ध समेत लगाएको परिवेशमा समाजिक संजाल टिकटक प्रयोगकर्ताहरूको समूह टिकटक मिलिजुली परिवार (ह्याण्ड टु ह्याण्डस् फ्यामेली) ले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV