२२ भाद्र २०७८, मंगलवार

काठमाडौं । गृह मन्त्रालयको लिखित निर्देशनमा ‘गाँजामाथिको प्रतिबन्ध खुला हुनुपर्छ’ भन्ने अभियान चलाउदै आएका राजिव काफ्ले पक्राउ परेका छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट केही गाँजा समेत बरामद गरिएको स्रोतल जनाएको छ ।

काफ्ले एचआइभी संक्रमितहरुका लागि काम गर्दै आएको नवजीवन प्लस संस्थाका सञ्चालक हुन्।

काफ्लेले केहीसमययता गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने र गाँजालाई वैधानिक रुपमा उत्पादन गरिनुपर्ने अभियान चलाउँदै आएका थिए।

पक्राउ परेका काफ्लेलाई अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाइएको ब्यूरो स्रोतले जनाएको छ।

प्रहरीले उनलाई यसअघि नै गाँजा खुला गर्ने अभियान नचलाउन आग्रह समेत गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV