२२ भाद्र २०७८, मंगलवार
  • महेश पाण्डे,

चितवन । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्र्तगत भरतपुर महानगरपालिका–७ को वडा निर्वाचन अन्तिम चरणमा आएर अन्योलमा परेको छ । सोमबारलाई राखिएको कांग्रेसको वडा अधिवेशन अन्र्तगत भरतपुर–७ को वडा निर्वाचनको तालिका अनुसार आज मतदान गर्ने कार्यतालिका रहेको थियो ।

तर, मतपत्र आउन ढिलो भएको कारण देखाउदै पूर्व उप मेयर जगन्नाथ पौडेलले निर्वाचनको कार्य आज गर्न नहुने बताएसँगै मतदान नै अन्यौलमा परेको सभापति पदका उमेदवार बिनोद ढकालले जानकारी दिए ।

उनले सोही कारणले मतदान अधिकृतले निर्वाचन अगाडि बढाउने वा स्थगित गर्ने निर्णय अहिलेसम्म गर्न नसकेको जानकारी दिए । उता मतदानको लागि भनेर बिहानै देखि बसेका कांग्रेस कार्यकर्ता भने निर्वाचननै स्थगित हुने माहोल भएपछि आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV