२२ भाद्र २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा विशाल विरोधप्रदर्शन भएको छ ।

उक्त विशाल विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिवानले हावामा गोली चलाएको जनाइएको छ ।

घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ र मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ।

हजारौं प्रदर्शनकारीहरूले काबुलका सडकमा मङ्गलवार महिला अधिकार सुरक्षित हुनुपर्ने माग राख्दै तालिवान शासनको निन्दा गरेको बीबीसीमा उल्लेख छ।

प्रदर्शनकारीहरूले पाकिस्तानविरुद्ध पनि नारा लगाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV