२२ भाद्र २०७८, मंगलवार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका शाह र गहतराज माधव नेपाल एमाले रहँदा उनीनिकट रहेका थिए । नेपालकै खटनमा दुवै जना मन्त्री बनेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पार्टीभित्र उत्पन्न विवाद विभाजनकै संघारमा पुग्यो । र, अन्ततः एमाले दुई भागमा विभाजति भयो ।

एमाले विभाजित हुँदा एमाले स्थायी कमिटी बैठकको निर्देशनविपरीत नेपालको आदेशबमोजिम शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

गत जेठमा आर्थिक मामिला मन्त्रीमा शाह र राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । नेपालले औपचारिक रुपमै निर्वाचन आयोगमा दल दर्ता गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुवै ढुलमुल अवस्था थिए ।

सोमबारसम्म विभाजित पार्टीलाई दल रोज्न दिइएको समयसीमाभित्र उनीहरुले माउ पार्टी एमाले नै रोजेर मन्त्री पदबाट राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV