२२ भाद्र २०७८, मंगलवार

काठमाडौँ । नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.१८ अंकले घटेर २९३६.६१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ ४३ पैसा बराबरको भएको छ ।

जस मध्ये युनाईटेड मोदी हाइड्रोको सबैभन्दा धेरै ६१ करोड ९२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोको ३८ करोड ४२ लाख, अपि पावरको १९ करोड १२ लाख, जीवन विकास लघुवित्तको १७ करोड ५७ लाख, तथा रिडी हाइड्रोको १६ करोड ४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल एण्ड टुरिजम समुह सबैभन्दा धेरै २.९९ प्रतिशत तथा लघुवित्त समुह २.५८ प्रतिशतले घटेको छ ।

सानिमा लाइफको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने युनाइटेड मोदीको शेयर मूल्य ७.७८ प्रतिशतले तथा एचआइडिसीएलको शेयर मूल्य ५.१६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV