२२ भाद्र २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । कर्मचारी मिलन केन्द्र विराटनगरले निजामति सेवा दिवस २०७८ को उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित कर्मचारी मिलन केन्द्रको भवनमा आयोजित रक्तदान कार्यक्रममा निजामति कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १ सय जनाले रक्तदान गरेका थिए ।

कोरोना महामारीका कारण रक्तदान कार्यक्रम नभइरहेको र रगत अभाव भइरहेको बेला कर्मचारीहरुले रक्तदान गरेर केही मात्रामा भएपनि रगतको अभाव पूर्ति भएको क्षेत्रीय रक्त संचार केन्द्रका प्राविधिक सहायक युवराज चौधरीले बताए ।

उनले क्षेत्रीय रक्त सञ्चार केन्द्रमा सबै ग्रुपको रगतको अभाव रहेको जानकारी दिए । यसैगरी प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला प्रशासन कार्यलय मोरङले शसस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेटक्वाटर टंकी मोरङको आफ्नो परिसरमा वृक्षारोपण गरेर निजामति सेवा दिवस २०७८ मनाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्रालयका सचिव निरु दाहाल पाण्डे, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालगायत कर्मचारीहरुले विभिन्न प्रकारको बोट विरुवाहरु रोपेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV