२२ भाद्र २०७८, मंगलवार

काठमाडौँ । निरन्तर पहिरो खस्दा अवरुद्ध बनेको हेलम्बु राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहानबाट अवरुद्ध सडक २ः२०बजेबाट बाट पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

एकतर्फी रुपमा सडक सञ्चालनमा आएपनि हेबि ट्रक भने सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।

यसअघि मेलम्ची नगरपालिका –११, १२ ,१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित बिभीन्न ठाँउमा माथिबाट पहिरो खसेर सडक लगातार अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV