२२ भाद्र २०७८, मंगलवार

एजेन्सी । भारतमा छ जना बालिकालाई नाङ्गै घुमाइएको खबर बाहिर आएको छ ।

मध्य प्रदेशको एक गाउँमा वर्षा नभएपछि त्यस्तो गरिएको जनाइएको छ । बालिकाहरुलाईभ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडियोबारे सामाजिक सञ्जालमा चर्चा चलेको छ ।

त्यहाँका स्थानीय बासिन्दाहरू बालिकालाई नाङ्गै घुमाएमा वर्षाको ूभगवान् खुसी हुने र पानी पर्नेू विश्वास गर्छन्।

बाल अधिकार रक्षासम्बन्धी राष्ट्रिय परिषद्ले सो घटनामाथि दामोह जिल्लाका अधिकारीहरूसंग सोधपुछ भएको जनाएको छ।

मध्य प्रदेश प्रहरीले उक्त घटनाका बारेमा औपचारिक उजुरी नआएपनि अनुसन्धान सुरु गरेको बताएको छ।

प्रहरीका अनुसार बालिकाहरूलाई नाङ्गै हिँड्न बाध्य पारिएको भए कारबाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV