२२ भाद्र २०७८, मंगलवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । हुलाकी सडक निर्माणमा ढिलाई गरिँदा तौलिहवा बजार नै अस्तब्यस्त बनेको छ । तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडकमा ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कम्पनीले कछुवाको गतिमा काम गरिरहेको कारण उक्त सडकमा अहिले हिड्नसक्ने अवस्था नै नभएको हो ।

वर्षाको कारण देखाउदै ठेकेदार कम्पनीले २ महिनादेखि काम गर्न रोकेको छ । जसले गर्दा पनि जमुहारको नहरदेखि प्रशासन चोक, नयाँटोल हुदै छोटकी तौलिहवासम्म पर्ने २३ सय ५० मिटर बाटो हिलाम्मे बनेको छ ।

सडक निर्माण अलपत्र हुदा सडकभरी खाल्डा–खुल्डीमा पानी जेमेको छ । हिलो, खाल्डा–खुल्डी र सडकमा पानी जमेकाले उक्त सडकमा हिडन निकै सास्ती ब्यहोर्नू परेको छ । गौतम बुद्धले २९ वर्ष विताएका प्राचीन कपिलवस्तुमा विदेशी पर्यटक आउदा बाटोको समस्याले आवत–जावतमा समस्या भएको छ ।

यहाँका थानीय जनताले आफ्नो लाखौ पर्ने घर भत्काएर विकासमा सहयोग गरेको भएतापनि एक वर्षदेखि बाटोको अवस्था ज्यूँको त्यूँ रहेको छ । उक्त सडक निर्माण चाडै सूचारु नगरिए आन्दोलनमा उत्रन बाध्य हुने स्थानीयहरुले चेतावनी दिएका छन् ।

सडक निर्माण अलपत्र हुदा दुर्घटनाको जोखिम बढेको पनि स्थानीयहरुको भनाइ छ । गाडीहरु समेत ठाउ ठाउँमा जाममा पर्ने गरेका छ । साथै पैदल यात्रुहरुलाई समेत हिडन निकै गाह्रो पर्ने गरेको छ ।

सडक निर्माण कार्य रोकिदा व्यवसायिक क्षेत्रलाई समेत असर पर्न गएको र सो बारे कसैले पनि वास्ता नगरेको तौलिहवा उघोग वाणिज्य सँघका अध्यक्ष गयादिन कुर्मीले गुनासो गरे ।

प्रजिअ चक्रपाणि पाण्डेयले सडक निर्माण सूचारु गर्न ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएको बताए । आफ्नो निर्देशनपछि ठेकेदार कम्पनीले खाल्डा–खुल्डी पुर्ने काम समेत सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV