२२ भाद्र २०७८, मंगलवार

काठमाडौं । पछिल्लो समय नेपाली म्यूजिक भिडियोहरु देश बाहिरका रमणीय स्थानहरुमा पनि छायाङ्कन हुन थालेका छन् । बेलायत, अमेरिकालगायतका देशहरुमा धमाधम म्युजक भिडियोहरु छायाङ्कन भइरहेका बेला गायक तथा संगीतकार तुला पर्वतले मकाउमा छायाङ्कन गरेका भिडियो सार्वजनिक गरेका छन् ।

मकाउका पर्यटकीय र रमाइला स्थलहरुमा छायाङ्कन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ ।
गीतकार झकेन्द्र शर्माको ‘तिम्ले माया मारेर’ गीतको भिडियो सार्वजनिक भएको हो ।

हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार शर्मा राम्रो सम्भावना बोकेका गीतकार हुन् । आफूलाई भन्दा बढी माया गरेको प्रेमिकालाई सारा कुरा सुम्पिँदा उसले दिएको विछोडको पीडा सहन बाध्य प्रेमीले भागेको विरहको गाथालाई गायक पर्वतले गज्जबसँग भिडियोमा देर्खाका छन् ।

गायक पर्वतको आफ्नै निर्देशन रहेको गीतमा रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय रहेको छ । तुला पर्वतकै संगीत रहेको भिडियोमा उनकै छायाङ्कन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV