२२ भाद्र २०७८, मंगलवार

काठमाडौँ । पपुवा न्युगिनीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा अल आउट भयो ।

पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाउन सफल भयो ।

नेपालका बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिए । नेपालकै तर्फबाट विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV