२२ भाद्र २०७८, मंगलवार

तेह्रथुम । पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीको जन्म स्थान आठराई गाउँपालिका अध्यक्ष मान बहादुर कन्दङवाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत हुुनुभएको छ ।

कन्दङवाले जिल्ला निर्बाचन कार्यालय तेह्रथुममा उपस्थीत भई नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा मंगलबार सनाखत गर्नुभएको छ ।

आठराई गाउपालिकाका प्रमुख कन्दङवा सहित मेन्छ्यायेम गाउँ पालिका वडानम्बर –५ का वडाध्यक्ष सिबनाथ खापुङले निर्वाचन कार्यालय तेह्रथुममा उपस्थीत भई नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गर्नु भएको हो ।

आठराई गाउपालिका अध्यक्ष कन्दङवाले संबिधान र लोकतन्त्र रक्षाका लागि आफु सुरु देखि नै प्रतिगमन बिरुद्धको अभियानमा लागेकोले पुर्बप्रधानमन्त्री ओली आफ्नै गाउ पालिकामा जन्मीएको भए पनि उहाँ संग राजनितिक सिद्धान्त मेल नखाएकोले करिब दुई दशक लामो योगदान गरेको नेकपा एमाले पार्टी परित्याग गरि अहिलेको समय सुहाउदो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको प्रस्ट पार्नु भएको छ ।

अध्यक्ष कन्दङवाले आफुहरु सगै प्रतिगम बिरुद्धमा लाग्नु भएका सहयोद्धाहरु पदका लागि राजनिती गर्ने गरेको प्रस्ट देखिए पनि आफु पदका लागि नभई निस्ठाको राजनिती गर्ने गरेकोले नेकपा (एकीकृत समाजवादी) पार्टी मन पराएको बताउनु भएको छ ।

यस्तै माननिय भवानी खापुङको जन्म स्थान मेन्छ्यायेम गाउपालिका वडानम्बर ५ का वडा अध्यक्ष शिबनाथ खापुङले बिधि र पद्धतीमा नचल्ने पार्टीको पछि लागेर नागरिकहरुको हकहितमा काम गर्न नसकिने भएकोले आफ्नो वडाका नागरिकहरुको प्रतिनिधित्व गर्दै नेकपा (एस)पार्टी रोजेको बताउनु भएको छ ।

दल विभाजन सम्बन्धी अध्यादेशमा भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको थियो । निर्बाचनको कार्यालय समय सम्ममा आठराई गाउपालिकाका अध्यक्ष कन्दङवा र मेन्छ्यायेम गाउ पालिका ५ का अध्यक्ष खापुङले नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गरेको जिल्ला निर्बाचन अधिकारी राजेन्द्र प्रशाद पोख्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV