२२ भाद्र २०७८, मंगलवार

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको बताइएको छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् ।

जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा सिडिओका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV