२२ भाद्र २०७८, मंगलवार

डडेल्धुरा । क्रियाशील सदस्यबाट नाम हटाइएपछि डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापतिले कपाल मुण्डन गरी किरिया बसेका छन् ।

आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल मुण्डन गरेका हुन् । कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्–‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन ।’

आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ। सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV