२२ भाद्र २०७८, मंगलवार

काठमाडौँ । आज कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिन । यस दिनमा बाबु जीवित हुनेले मिठाई तथा मिष्ठान्न भोजन खुवाएर उपहार दिएर आदर गर्दछन् । बाबु बितिसकेकाहरुले भने बाबुको सम्झना श्राद्ध तथा पिण्डदान गर्दछन् ।

यसै अवसरमा काठमाडौस्थित गोकर्णेश्वर लगायत तीर्थस्थलहरुमा पिण्डदान, तर्पण तथा श्राद्ध गर्ने गरिन्छ । यसरी पवित्र स्थलमा पिण्डदान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने पितृमुक्ति हुने लगायत विश्वास रहेको पाइन्छ ।

आज बिहानैदेखि झरी परिरहे पनि गोकर्णेश्वरमा श्राद्ध तथा पिण्डदान गर्ने र मेला भर्ने श्रद्धालुहरुको घुइँचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV