२२ भाद्र २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा पनि तालिबानले आफ्नो विजय भएको घाेषणा गरेको छ। तालिबान विरोधी गढ मानिएको उक्त उपत्यकामा स्थानीयहरुले तालिबानको कडा प्रतिरोध गर्दै आएका थिए ।

तालिबान विरोधी किल्लाका रुपमा पछिल्लो चर्चामा रहेको उक्त प्रान्त अहिलेसम्म तालिबानको शासनभन्दा बाहिर थियो। जबकि पूरै देश तालिबानको कब्जामा गइसकेको थियो । तर यहाँ भने प्रतिरोधी फौजमा सामेल हजारौँ युवाले तालिबाविरुद्ध युद्ध जारी राखेका थिए ।

तालिबानले उक्त उपत्यकामा पनि विजय हासिल गरेको जनाएको छ । तासलबानले सोमबार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको, जसमा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ।

तर तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू अझै पनि सबै रणनीतिक स्थानहरूमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ। उक्त प्रतिरोधी समूह न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानविरुद्ध ‘देशैभरि विद्रोह’को आह्वान गरेकका छन् ।

मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाउँदै भनेका छन्, ‘तपाई जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु ।’ यो अडियोसहितको रेकर्ड सामाजिक सञ्जालबाट बाहिर आएको छ ।

अफगानिस्तानमा महिलाहरूको प्रदर्शन

करिब तीन हप्ताअघि तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। तर पञ्जशिर एउटा मात्र प्रान्त अहिले पनि तालिबानकाे प्रतिराेधमै छ ।

बिबिसीका अनुसार भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्। यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन। सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको कडा प्रतिरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV