२१ भाद्र २०७८, सोमबार

एजेन्सी । चिनियाँ लडाकु विमानहरू ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाइएको छ ।

आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ।

बीबीसीका अनुसार रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ताइवानले ूएअर डिफेन्स आइडेन्टीफीकेसन जोनू भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ।

एक वर्ष भन्दा लामो समयदेखि चिनियाँ हवाई सैन्यले बारम्बार उक्त टापु नजिकै उडान गर्दै आएको जनाइएको छ ।

चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तका रूपमा हेर्छ तर ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्छ।

ताइवानको रक्षा मन्त्रालयले आइतवार बताए अनुसार चिनियाँ उडानमा चार वटा एच–६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV