२१ भाद्र २०७८, सोमबार

चितवन । कांग्रेस महाधिवेशनको बिचमा राप्ती-६ को मतदान केन्द्रमा तोडफोड भएको छ ।

सोमवबार पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्रमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला केन्द्रमा तोडफोड भएको कांग्रेसका राप्ती नगर सभापति नारायण उप्रेती जानकारी दिए ।

उनका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला सभापति शेरबहादुर देउवा निकटका युवाहरुले पार्टी मतदान केन्द्रमा तोडफोड गरेका थिए।

उनले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको पनि बताएका छन् । उप्रेतीका अनुसार असन्तुष्ट युवाहरुले माइनुट, खातापात च्यात्नुका साथै कुर्ची टेलब टोडफोड गरेका छन् । मतदान केन्द्रमा तोडफोड भएपछि सो वडाको अधिबेशन भने स्थगित गरिएको छ ।

राप्तीमा रहेका १२ वटा वडा मध्ये ९ वटा वडामा सर्वसम्मत कांग्रेस वडा नेतृत्व छनौट गरिएको छ भने ३ वटा वडामा मतदान भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV