२१ भाद्र २०७८, सोमबार

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट छुट्टिएर गएका नेतृ रामकुमारी झाँक्रीलाई कडा व्यंग्य प्रहार गरेका छन् ।

सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले विगतमा नेत झाँक्रीले बोल्न पाइन्छ भनेर भनेको सन्दर्भलाई जोड्दै ‘आफैँ टेप टाँसेर बोल्न पाइन्छ भनेको छ’ भन्दै कडा व्यंग्य प्रहार गरे ।

प्रधानमन्त्री रहँदा ओलीले तत्कालीन नेकपा पार्टीमा आन्तरिक विवाद उत्पन्न हुँदा संसद नै विघटन गरे । उक्त कदमविरुद्ध ओलीइतरका समूह लागेका थिए । र, त्यहीँ समूहमा थिए, नेतृ झाँक्री । हाल उनी नवगठित नेकपा (एकीकृत समाजवादी) की नेतृ छन् ।

उनले संसद विघटन गरिँदा प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा ओली सरकारविरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टाँसेको टेप उप्काएर फालेका थिए । र, त्यहीँ घटनालाई सम्झिँदैन ओलीले सोमबार उनीमाथि कडा व्यंग्य प्रहार गरे ।

अध्यक्ष ओलीले कार्यक्रममा भने, ‘एउटा पार्टीले बोल्न पाइन भने ठीकै थियो तर, पाँच पाँच वटा पार्टी बन्दा पनि चुइँक्क बोल्न नसक्ने कस्तो पार्टी ? धाक उनीहरुका साना छैनन् । नक्कली कुरा साना छैनन् । देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशको बारेमा बोल्न पाउँनुपर्छ, छलफल चलाउन पाउनुपर्छ तर, गाली गर्न पाइदैन । अश्लिल, छाडा बोल्या छ, नाटक गर्या छ, तमासा गर्या छ । आफैँ टेप टाँसेर उप्काएको छ । आफैँले टाँसेको टेप टाँसेर आएको छ, आफैँले टाँसेको टेप उप्काएर बोल्न पाइन्छ भनेको छ । कस्ले टाँसेको टेप उप्कायो ? आफैँले टाँसेर ।’

त्यसपछि एमालेले देशमा विकासको लहर सिर्जना गरेको पनि बताए । तर, अहिलेको पाँच दलीय गठबन्धनको सरकारले सिन्को नभाँचेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV