२१ भाद्र २०७८, सोमबार

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

महाकाली घटनाको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले जारी गरेको विज्ञेप्तीप्रति आपत्ति जनाउदै अनेरास्ववियुले मीनभवन क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

केही दिन अघि एकीकृत समाजवादीको विद्यार्थी संगठनले दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए।

त्यसपछि सरकारले एमसीसीविरुद्ध भइरहेका क्रियाकलाप र नरेन्द्र मोदीको पुतला जलाउने काम नगर्न भनेर विज्ञप्ती निकालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV