२१ भाद्र २०७८, सोमबार

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा बेलायतकी महारानी एलिजावेथले दिएको सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।

तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV