२१ भाद्र २०७८, सोमबार

रोमानिया । एनआरएनए रोमानियाको सातौं महाधिवेशन सम्पन्न भएको छ । प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको हो।

महाधिवेशनले सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१/२०२३ गठन गरेको छ ।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको थियो।

राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा, पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा, सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा, डा.अमित रिजाललाई सल्लाहकारमा र खगेन्द्र अधिकारीलाई अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो। समारोहको अन्त्यमा रेष्टुरेण्टका सञ्चालक तथा निर्बिरोध चयन हुनु भएका आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेष्ट रेष्टुरेण्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई निस्शुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार र नेपाली खानाको ब्यबस्था गर्नुभएको थियो।

साथै, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानिया २०२१/२०२३ को अध्यक्षमा खगेन्द्र अधिकारी,
बरिष्ठ उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा, उपाध्यक्षमा गोपाल खड्का, महासचिवमा फुर्साङ लामा, सचिवमा प्रकाश चन्द, कोषाध्यक्षमा बिजय कुँवर चयन हुनुभएको छ ।

त्यस्तै सह(कोषाध्यक्षमा सन्दिप शाह, युवा प्रतिनिधिमा सबिन आचार्य, प्रवक्तामा युवराज लामिछाने, महिला प्रतिनिधिमा शोभा मानन्धर, सदस्यहरुमा अनिल खनाल, अनु खड्का, डिकेश मगर, ईशा श्रेष्ठ सहिल हुसेन,नबिन कुमार नगरकोटी,गोमा थापा,आड्रीआन श्रेष्ठ , पदम श्रेष्ठ, बिष्णुराज पाण्डे, रमेश ढकाल, जेनी गुरुङ,जाङ्बो शेर्पा, सुमी शेर्पा, सचेन्द्र कार्की चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV