२१ भाद्र २०७८, सोमबार

एजेन्सी । फिफा विश्वकप छनोटमा स्पेनले जर्जियामाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनलाई सानदार जित दिलाउनको लागि जोसे लुईस गाया, कार्लोस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १(१ गोल गरे । स्पेनले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको १४औं मिनेटमा जोश गायाले स्पेनलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा कार्लोस सोलेरले मार्कोस लोरेन्टेको पासमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

४१ औं मिनेटमा फेरान टोरेसले लोरेन्टेकै पासमा गोल गरेपछि स्पेनले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । ६३औं मिनेटमा पाब्लो साराविया गोल गर्दै स्पेनलाई
४–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘बी’मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ । पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV