२१ भाद्र २०७८, सोमबार

एजेन्सी । फिफा विश्वकप छनोटमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई सानदार जित दिलाउनको लागि सर्जी जिनाब्रीले दुई तथा मार्को रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १/१ गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गरेका थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको छैटौ मिनेटमा सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।

१५औं मिनेटमा मार्को रिउसको पासमा गिनाब्रीले अग्रता दोब्बर पारे । ३५औं मिनेटमा टिमो वेर्नरको पासमा मार्को रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।

४५औं मिनेटमा लियोन गोरेट्जकाको पासमा टिमो वेर्नरले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

५२औं मिनेटमा जोनास होफमानले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको पहिलो मिनेटमा सब्सिच्युट करिम एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै जर्मन समूह ‘जे’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV