२१ भाद्र २०७८, सोमबार

एजेन्सी । अर्जेन्टिना र ब्राजिलबीच हुने भनिएको खेल रोकिएको छ । कतारमा हुने विश्वकप २०२० को छनोट खेल अन्तर्गत गएराति अर्जेन्टिना र ब्राजिलको खेल हुने तय भएको थियो ।

सम्पूर्ण तयारीसहित ब्राजिलमा खेल पनि सुरु भएको थियो । तर अर्जेन्टिनाका ४ खेलाडीले कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा नगरी ब्राजिल आएकोले उनीहरुलाई रोक्दा खेल नै रोक्न परेको हो ।

खेल सुरु भएको ७ मिनेट जाँदा ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाले खेल मैदानमा गएरै अर्जेन्टिनाको ४ खेलाडिलाई नियन्त्रण गर्न खोजेको थियो ।

उनीहरुले ब्राजिल प्रवेश गरेपछि स्वास्थ्य मापदण्डको पालना गरेका थिएनन् । ब्राजिलको स्वास्थ्य निकायले बेलायतबाट आउने जो कोहीले पनि १४ दिन क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको छ । अर्जेन्टिनाको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने ४ खेलाडी समावेश थिए । उनीहरुले ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाको नियम पालना गरेका थिएनन् ।

ब्राजिलका खेलाडी र अफिसियलले एन्भिसा प्रतिनिधिसँगसमेत गरेका थिए । तर अर्जेन्टिनाका खेलाडीहरुले खेल मैदान छाडेर निस्किएका थिए ।

एभिन्सले स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ खेलाडीलाई ब्राजिलमा बस्न नदिने बताएको छ । अर्जेन्टिनले पनि खेल मापदण्ड पालना नगरेकै कारण खेल स्थगित हुन गएको जनाएको छ । उक्त खेललाई कसरी सुचारु गर्ने भन्नेबारे अन्योल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV