२० भाद्र २०७८, आईतवार

काठमाडौं । काठमाडौंको दशरथ रङ्गशालामा जारी अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल प्रतियोगितामा भारतले २–० को अग्रता बनाएको छ । कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् ।

यसअघि पहिलो हाफ गोलरहित रहेतापनि दोस्रो हाफको ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए ।

यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV