२० भाद्र २०७८, आईतवार

काठमाडौं । विनासकारी भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गर्न सरकारले चासो नदेखाएको भन्दै विद्यार्थीहरुले क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसको नेतृत्वमा विद्यार्थीहरुले क्याम्पसको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले धरहरा प्राथमिकताको क्षेत्रमा पर्छ, शैक्षिक क्षेत्र किन पर्दैन ?, प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पसको पुननिर्माण कहिले ?, पुननिर्माण प्राधिकरण कहिलेसम्म आखाँमा छारो काममा तेल ? लगायतका प्लेकार्ड देखाएका थिए ।

नेविसंघ त्रिचन्द्र इकाइ कमिटीका अध्यक्ष सानु सिवाकोटीले क्याम्पसको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएपनि नसुनेको बताए । उनले सरकारले नसक्ने भए सबै विद्यार्थी मिलेर क्याम्पसको पुनर्निर्माण गर्ने बताए ।

उच्च शिक्षाको सबैभन्दा पुरानो क्याम्पसलाई चन्द्र शमशेरले निर्माण गरेका हुन् । भूकम्पपछि कलेज जीर्ण अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV