२० भाद्र २०७८, आईतवार

काठमाडौं । हिन्दू राष्ट्रसहित राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न राजावादी संस्थाहरुले मोर्चा बनाएका छन् । हिन्दू राष्ट्रसहित राजसंस्था पुनःस्थापनाका लागि एकीकृत भएर आन्दोलन गर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंमा संयुक्त जनआन्दोलन मोर्चा बनाएको घोषणा गरेका हुन् ।

राष्ट्रवादी शक्तिहरुको संयुक्त मोर्चा बनाएर राष्ट्रवादी अभियान सञ्चालन गर्ने उनीहरुले बताएका छन् । अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले मोर्चा बनाउनुपरेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

त्यस्तै उनीहरुले एमसीसी नेपालको सुशासन विपरितको रहेको आरोप लगाएका छन् । उनीहरुले बिभिन्न २२ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् ।

जसमाा धर्मपरिवर्तनलाई कठोरताका साथ निषेध गर्ने, नैतिक शिक्षा गुरुकुल संस्कृति विश्वविद्यालय स्थापना गर्ने, स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्नेलगायका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV