२० भाद्र २०७८, आईतवार

काठमाडौं । भक्तपुर नगरभित्रका विभिन्न टोलमा रहेका दिपंकर बुद्धलाई पूजा तथा दान दिएर आइतबार पञ्चदान पर्व मनाइएको छ । नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा रहेको छ ।

तर, कोरोना महामारीका कारण यस वर्ष दिपंकर बुद्धलाई विहार भित्रै राखेर बाहिरबाट पञ्चदान गरिएको थियो । यो दिनमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भइसकेका शाक्य वज्राचार्यहरुलाई स-सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ ।

६ सय वर्ष अगाडिदेखि मनाउने गरिएको यो पर्व अन्यत्र भन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ । बौद्ध धर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित रहेको स्थानीय सुगतरत्न बज्राचार्यले बताए ।

पञ्चदान पर्वमा धान, मकै, चामल लगाएतका पाँचथरी दान गर्ने प्रचलन रहेको उनले बताए । यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ ।

दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाइन्छ । यो पर्वको समयमा धान गर्नाले पुण्य मिल्ने, धनसम्पति प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV