२० भाद्र २०७८, आईतवार

काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका भारतीय प्रसिद्ध योगगुरु सदगुरुले नेपाल ‘एसियाको स्वीट्जरल्याण्ड’ भएको भन्दै नेपालको थुप्रै बयान गरेका छन् ।

शनिबार नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिता जनाएका सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्डको उपमा दिँदै उचित व्यवस्थान भए समृद्ध नेपाल चाँडै बन्ने पनि बताए ।

उनलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सदगुरुलाई स्वागत गरेका थिए। सदगुरु नेपाली भूभाग लिमि भ्याली भएर कैलाश मानसरोवर तीर्थयात्रामा निस्केका उनी सोही पथ हुँदै काठमाडौं फिर्ता भएका थिए ।

कार्यक्रममा सदगुरुले भने, ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? सबैथोक छ । केवल व्यवस्थापन खाँचो छ र यसैबाट समृद्धिको यात्रा तय गर्ने त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’

नेपालको समृद्धि पर्यटनबाटै सम्भव रहेको पनि सदगुरुले बताएका छन् । प्रकृतिको अनुपम उपहार र स्वर्ग नेपाल नै रहेकाले समृद्धि यहीँबाट हुने उनको भनाइ थियो ।

यसैगरी बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले कोरोनाबीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश पुर्याएको बताएका छन् । धार्मिक तथा सांस्कृतिक हिसाबले समान रहेका भारत र नेपालबीचको सहकार्यले देशले पर्यटनबाट फाइदा लिन सक्ने उनले बताए ।

अन्तमाः नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको पनि उलने बताए । उनका अनुसार खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV