२० भाद्र २०७८, आईतवार

काठमाडौं । बलिउड अभिनेत्री, डान्सर एवं सुपर मोडल मलाइका आरोडा सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । विशेष गरी अभिनेत्री मलाइका आरोडा आफ्नो फिटनेशका कारण सँधै चर्चामा रहँदै आएकी छन् ।

यसैबीच भर्खरै मलाइका आरोडाले सोसल मिडिया इन्स्टाग्राममा सेयर गरेकी आफ्नो मेटालिक पहिरनले निकै चर्चा पाइरहरेको छ । डीप नेक वाला स्टाइलले अभिनेत्री मलाइका निकै सुन्दर देखिएकी छन् । सोसल मिडियामा फैलिइरहेको तस्वीरमा उनी निकै ग्ल्यामरस देखिएकी छन् ।

मलाइकाले आफ्नो स्टाइलिस मेनका हरिसिंघानीसँगको वालमा उक्त तस्वीर सेयर गरेर निकै चर्चा बटुलिरहेकी छन् । अहिलेको समयमा मलाइकाको ड्रेस र डीप नेकले सबैको ध्यान खिचिरहेको छ ।

तस्वीरमा मलाइकाको बडी पार्ट रिभिल भइरेको अवस्थामा केही फ्यानहरुले तारिफ गरिरहेका छन्, भने केहीले अश्लिलताको आरोप लगाउँदै निशाना साँधिरहेका छन् ।

डिभोर्सपछि अभिनेत्री मलाइका अभिनेता अर्जुन कुपरसँग रिलेशनसीपमा छन् । त्यसोत समय–समयमा ‘अर्जुन र मलाइकाको बिहे चाँडै हुँदैछ’ भन्ने समाचारहरुमा पनि आउने गरेको छ ।

तस्वीर : अभिनेत्री एवं डान्सर मलाइका आरोडाको इन्स्टाग्रामबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV