२० भाद्र २०७८, आईतवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज भारी गिरावट आएको छ । शेयर धितोमा दिइने मार्जिन ऋणको सीमामा नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि त्यसैको प्रभावस्वरुप शेयर बजारमा पहिरो गएको बताइन्छ ।

अघिल्लो साता लगातार घटेको बजारमा आज (आइतबार) पनि बिहानैदेखि तीव्र गिरावट आएको हो । नेप्से इन्डेक्स सुरूदेखि नै घटेर याे समाचार तयार पार्दासम्म १२ बजेर २५ मिनेट जाँदा ११९.९४ अंकले घटेर २८०७.०४ विन्दुमा पुगेको छ । नेप्से ४ भन्दा बढी प्रतिशत घटिसकेकाे छ । अझै घट्ने क्रम राेकिएकाे छैन ।

राष्ट्र बैंकले शेयर धिताेमा ऋण १२ करोडको सीमामा ल्याउन १ वर्षको समय दिइएको भए पनि बजारमा चलखेल भएर तीव्र गिरावट अाएकाे विश्लेषण भइरहेछ । यसमा लगानीकर्ताहरूले अर्थ मन्त्रालयकाे ध्यानाकर्षण गराउँदै साेमबार राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम समेत तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV