२० भाद्र २०७८, आईतवार

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथ खनाललाई दिएको छ ।

एकीकृत समाजवादीभित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो ।

नेता खनाल ‘जबज विरोधी’नेताका रुपमा चिनिनुहुन्छ । उहाँले नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव गर्दा ‘दक्ष प्रजापतिको टाउको’ भनि टिप्पणी र्गनुभएको थियो । खनालले पार्टी दर्ता गर्नुअघि चन्द्रागिरी सम्मेलनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट सम्बोधन गर्दै ‘जबजको युग समाप्त भएको’ पनि बताउनुभएको थियो ।

खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधी गरेका डा बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्काशित प्रकाश ज्वाला, महासचिवका दावेदारद्धय गंगालाल तुलाधार र बिजय पौडेल, प्रदेश १ का मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, सम्भावित मन्त्रीका सूचीमा रहेका जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV