२० भाद्र २०७८, आईतवार

काठमाडौं । याक्थुङ युवा मञ्च काठमाडौंको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंमा आयोजित मञ्चको दोस्रो अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको अध्यक्षमा संगिता सुहाङ चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा असन योङ्हाङ र चन्द्रकला नेम्बाङ चयन हुनुभएको छ ।

त्यस्तैगरी मञ्चको सचिवमा बिजय खुदाङ, सह सचिवमा युबेस सुहाङ, कोषाध्यक्षमा धनेश्वर योङ्हाङ, सदस्यहरुमा सूर्य सेलिङ, सन्जोग मादेन, प्रकाश सुहाङ, सरिता कुगेनाम्बा, एलिसा काम्बाङ, दिप्सन आङ्बो, रिजन लिम्बू, सन्जिव योङ्हाङ, सुरज मादेन, सरिता खुदाङ र दर्शन लिवाङ चयन हुनु भएको छ ।

याक्थुङ युवा मञ्च लिम्बू युवाहरुको हक हित र एकता एकताका लागि गठित संगठन हो । नवनिर्वाचित अध्यक्ष सुहाङले संगठनलाई सक्रीय र प्रभावकारी रुपमा चलायमान बनाउने प्रण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV