२० भाद्र २०७८, आईतवार

काठमाडौं । केही समयदेखि फोहोर व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौं उपत्यकाको फोहोर अब बञ्चरेडाँडामा फाल्न मिल्ने भएको छ । काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित बन्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्यान्डफिल साइटको सेल–१ निर्माण सम्पन्न भएकाले बञ्चरेडाँडामा अब फोहोर विसर्जन गर्न सकिने जनाइएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजनाका प्रमुख कुमार घिमिरेले सेल–१ सञ्चालन गर्न सकिने गरी तयारी पूरा भएको बताउनुभएको छ ।

धादिङ र नुवाकोट जिल्लाको सीमानामा पर्ने बञ्चरेडाँडामा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको ल्यान्डफिल साइटमा सेल–१ बाट निस्किने दूषित पानी जम्मा हुने ट्याङ्की निर्माणको काम सम्पन्न भएसँगै अब फोहोर व्यवस्थापन गर्न मिल्ने शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले सेल वान सञ्चालनमा ल्याउन सकिने गरी तयारी पूरा भएको बताएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV