१९ भाद्र २०७८, शनिबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) के गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमसीसी झुक्याएर पास गर्न खोजिएको बताउँदै जनताका अगाडि भन्नुपर्ने उनले बताए ।

उनले भने, ‘यिनै मान्छेहरु हुन्, कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी बोल्दैन झुक्याएर पास गर्न खोज्या होला । बोल्दैन । के गर्ने हो भन्दैन । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्छन् त भन्नुपर्दैन । शेरबहादुरजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो सँगै बसेर साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी ?’

नेपाली जनतालाई छक्याएर, विकास निर्माणलाई रोकेर कर्मचारीतन्त्रमा अनेक प्रकारका दुःख दिइएको पनि उनले आरोप लगाएका छन् । यति मात्र नभएर धेरैलाई दुःख दिइएको उनले बताए ।

उनले भने, ‘कर्मचारी, जनता, सुकुम्बासी, भुमीहिनलाई दुःख दिइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ अर्ब खर्च भयो अरे । काम ५ प्रतिशतमात्र सकियो अरे । छुट्याएको होला, मलाई याद भएन । अहिले उनीहरुले बजेट रोकेका छन् अनि बजेट रोक्ने काम ५ प्रतिशत मात्र भन्ने ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV