१९ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै रचनात्मक काम नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वर्तमान देउवा नेतृत्वको सरकारले कुनै रचनात्मक काम गर्न नसक्ने बरु रानीपोखरीमा ढुंगा हान्ने उनले आरोप लगाए ।

‘रानीपोखरीमा ढुंगा हान्न सक्छन् । तपाईहरुले याद गर्नुहोला । मूर्ति भत्काउन सक्छन् त्यो पनि याद गर्नुहोला । यिनीहरुले कुनै रचनात्मक काम गर्दैनन् । बिगार्दै लगेका छन्,’ उनले भने ।

साथै उनले भारत र चीनसँग सम्बन्ध बिग्रिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्ने आवश्यक नै छैन ।

उनलेभ भने, ‘अहिले तपाईहरुले देख्नुभएको छ, अब जे सँग कुनै विवाद भएकै छैन, कस्लाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो, कल्लाई खुसी बनाउका लागि ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु–यो समितिले सीमा विवाद भएको देखाओस् । भारतसँग सम्बन्ध तनावग्रस्त बन्दै गएको छ । चीनसँगको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV