१९ भाद्र २०७८, शनिबार

काठमाडौं । जुम्लाका ५८ पदाधिकारीले नेकपा एमाले परित्याग गरि नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जुम्लामा एमाले सिंङ्गो हुँदा ६१ जना जिल्ला कमिटी रहेको थियो । जसमध्ये ३ जनाबाहेक सबै पदाधिकारीले नेकपा (एस)रोजेका हुन् । बाँकी ३ जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

५८ जनालेनै शनिबार एक कार्यक्रमको आयोजना गरि एमाले परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एस) रोजेको घोषणा गरेका हुन् । जसमा प्रदेश सांसद पदमबहादुर रोकाया पनि रहेका छन् ।

प्रदेशसभा सांसद  रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुले निर्वाचना आयोगमा पुगेर नेकपा (एस)मा सनाखत गरिसकेका छन् ।

 

निर्वाचन आयोगले कानुनत पार्टी विभाजन भएपश्चात सबै पदाधिकारीहरुलाई दल रोज्न भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ ।

एमाले परित्याग गरेका नेकपा एसका नेताहरुले निकालेको बिज्ञप्तिमा केपी शर्मा ओलीको दम्भका कारण पार्टी छोड्नु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV