१९ भाद्र २०७८, शनिबार

एजेन्सी । क्रोएशियाका पूर्व फरवाड मारियो म्यान्जुकिकले फुटबलबाट सन्यास लिएका छन् । उनले शुक्रबार आफ्ना छोरा मारियोलाई सम्बोधन गर्दै १७ वर्षको खेल जीवनबाट सन्यास लिएको घोषणा गरे ।

३५ वर्षका मारियो म्यान्जुकिकले आफ्नो खेलकुद जीवनमा जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट फुटबल खेलेका थिए ।

पछिल्लो समय इटालियन क्लब एसी मिलानमा आबद्ध रहेका उनले यसअघि २०१८ को विश्व कप पछिनै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका थिए ।

अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको करिब ३ वर्षपछि व्यावसायीक खेलकुदबाटै सन्यास लिएका हुन् ।

उनले चार अलग–अलग राष्ट्रबाट शीर्ष डिभिजनको लिगको च्याम्पियन बन्ने शैभाग्या पाएका थिए । त्यसपछि पछिल्लो पटक जर्मन क्लब बायर्नबाट च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फुटबलबाट सन्यास लिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV