१८ भाद्र २०७८, शुक्रबार

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको अधिवेशन आज (शुक्रबार) मनोनयन नाम दर्ता शुरु भएको छ । आज भएको मनोनयन नाम दर्तामा जिल्लाको चार वटै नगरपालिकाको अधिकांश वडा सर्वसम्मत भएको छ ।

जिल्लामा जम्मा ३८ वटा वडामा २९ वटा वडामा पदाधिकारीहरु सर्वसम्मत चयन भइसकेको छ, भने बाँकी ९ वटा वडामा छलफल भइरहेको भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

भक्तपुर नगरपालिकामा अहिलेसम्म ८ वटा वडामा सर्वसम्मत भइसकेको छ भने २ वटा वडामा छलफल भइरहेको छ । मध्यपुर थिमि नगरपालिकाका ३ वटा वडामा सर्वसम्मत भइसकेको छ भने ६ वटा वडामा छलफल भाइरहेको छ ।

सूर्यविनायक नगरपालिकामा ९ वटामा सर्वसम्मत भइसकेको छ भने १ वटा वडामा छलफल भइरहेको छ । चाँगुनारायण नगरपालिकामा सबै वडा (९ वटै)मा सर्वसम्मत भइसकेको छ ।

भक्तपुरका ३८ वडाबाट सभापतिसहित ९८८ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । जसमा सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ बाट वडा सभापतिसहित ६६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ ।

भक्तपुरका चार वटा नगरपालिका मध्ये सबै भन्दा धेरै मध्यपुर थिमि नगरपालिकाबाट वडा सभापतिसहित ३२४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । जसमध्ये वडा नं. १ बाट ३६ जना, वडा नं. २ बाट १६ जना, वडा नं.३बाट ३६ जना, ४बाट ६६ जना, ५बाट ४६ जना, ६बाट ४६ जना, ७ बाट ३६ जना, ८ बाट १६ जना, ९ बाट २६ जना प्रतिनिधि चयन हुनेछ ।

सूर्यविनायक नगरपालिका वडा नं. १ बाट २६ जना, वडा नं.२ बाट ३६ जना, ३ बाट २६ जना, ४ बाट २६ जना ५ बाट ४६ जना, ६बाट २६ जना ७ बाट १६ जना, ८ बाट १६ जना, ९ बाट १६ जना १० बाट २६ जना गरी जम्मा २६० जना प्रतिनिधि चयन हुनेछ ।

त्यस्तै चाँगुनारायण नगरपालिकाबाट वडा नं.१ बाट ३६ जना, वडा नं. २ बाट १६ जना, वडा नं.३ बाट २६ जना, ४ बाटा २६ जना ५ बाट ३६ जना ६ बाट १६ जना, ७ बाट २६ जना, ८ मा ३६ जना र ९ मा २६ जना गरी जम्मा २४४ जना प्रतिनिधि चयन हुनेछ ।

त्यस्तै भक्तपुर नगरापालिकामा सबै भन्दा कम क्षेत्रीय प्रतिनिधि चयन हुनेछ । १० वडा मध्य १ वडाबाट ३६ जना, २ वडाबाट १६ जना, ३ वडाबट २६जना, ४ वडाबाट २६ जना, ५ वडाबाट ३६ जना, ६ वडाबाट १६ जना, ७ वडाबाट २६ जना, ८ वडाबाट ३६ जना, र ९ वडाबाट २६ जना गरि जम्मा १६० जना प्रतिनिधि चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV