१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् । शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चूनौती दिएका हुन् ।

माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको उनले बताए । उनले एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले सर्वसम्मतीले कार्यदलको सहमतिपत्रका आधारमा एकतागर्नुपर्छ भन्दा विधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाए ।

उनले अध्यादेशका बारेमा विभिन्न चर्चा हुने गरेको भन्दै ओलीको सरकारले अध्यादेश ल्याउदा चार दिनसम्म कुनै पार्टी नफुटेको जिकिर गरे । नेम्वाङले सरकार विस्तार हुने बितिकै गठबन्धन दलहरु नै फुटको संघारमा पुग्नसक्ने भएकाले सरकार बिस्तार हुन नसकेको धारणा राखे ।

नेम्बाङले अब पार्टीलाई थप एकताबद्ध र मजबुद ढंगले अघि बढाउनुपर्ने पनि बताए । भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिएतापनि विवाद हुने देखिएपछि उनी सहभागी भएनन् । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहलाई जानकारी नै नदिई भेला राखेपछि विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV