१८ भाद्र २०७८, शुक्रबार
  • युवराज आचार्य,

झापा । झापाको मेचीनगर नगरपालिकामा पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचिनगर–१२ धिमाल बस्ती बस्ने अन्दाजी ५०–५५ वर्षीय बम बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय पात्र धिमालको पोखरीमा पौडी खेल्न पसेका कार्की सम्पर्कमा नआएपछि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुन साथ तत्काल प्रहरी चौकी चारआली र थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा गएको टोलिले कार्कीको शव फेला पारेको हो ।

पोखरीबाट पानी बाहिर फाली खोजतलास गर्दा कार्की पोखरीको बीच भागमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV