१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबलकार भोलि शनिबार देखि सञ्चालनमा आउने भएको छ ।

चन्द्रागिरि हिल्स प्रालिले भदौ १९ गते शनिबारदेखि नियमित चन्द्रागिरि केबलकार सञ्चालन गरिन लागिएको हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताएका हुन् ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो शनिबारदेखि भाद्र १९ गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने शाहाले बताए ।

केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन् ।

कम्पनीका महाप्रबन्धक शाहाले नेपालकै उच्च स्थान चन्द्रागिरि हिल्समा जिप लाईन समेत भोलीबाट सुभारम्भ गर्ने भएको छ ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV